रिना खत्री, काठमाडौं। साताको पहिलो दिन नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २५ सय ४३ दशमलव ५२ अंकको बिन्दुमा कायम भएको छ। आज हाईडोपावर, फाइनान्स र माईक्रोफाइनान्स बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ।

आज दिनभरिमा २ सय ९ वटा कम्पनीको ९१ लाख ३८ हजार ९ सय ३५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड रुपैयाँको शेयर करोबार भएको छ। आज सबैभन्दा धेरै निफ्राको शेयर करोबार भएको छ।

आज निफ्राको शेयस सबैभन्दा बढी ४४ करोड ३१ लाख रुपैयाँको शेयर करोबार भएको छ। अपर तामाकोशीको ३८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। चन्द्रागिरी हिल्सको ३७ करोड ७ लाखभन्दा बढीको शेयर करोबार भएको छ ।

त्यस्तै, आज उन्नती सहकार्य लघुवित्त लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने अजोड इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । चन्द्रागिरी हिल्सका लगानीकर्ताले ७ दशमलव १७ प्रतिशतका दरले गुमाएक छन् भने माउन्टेन हाईडो नेपालका लगानीकर्ताले ६ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् ।