बरुण घिमिरे, सिनधुली। सिन्धुली जिल्लास्थित तिनपाटन गाउँपालिकाको आर्थिक सहयोगमा मा.वि. आम्बोटेको आयोजनामा तिनपाटन गाउँपालिका स्तरिय शिक्षक भलिबल प्रतियोगिता आम्बोटेमा सम्मपन्न भएको छ। मा.वि. आम्बोटेद्वारा आयोजित प्रतियोगिता सोमबार सम्पन्न भएको हो।

प्रतियोगितामा तिनपाटन गाउँपालिकाका १८ वटा विद्यालय सहभागी भएकोमा भवानी मा.वि. भिमस्थान प्रथम, जनप्रेमी मा.वि. स्याङ्ती द्वितीय, चम्पादेबी मा.वि. घ्याम्पे गड्याम्रे तृतीय भएका छ्न्। प्रथम हुनेलाई सात हजार नगद सहित प्रमाणपत्र , द्वितीय हुनेलाई पाँच हजार नगदसहित प्रमाणपत्र, तृतीय हुनेलाई तीनहजार नगदसहित प्रमाणपत्र वितरण गरियको थियो। 

त्यस्तै प्रथम, द्वितीय र तृतीय हुने विधालयका प्रधानाध्यापकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। समापन कार्यक्रमको अध्यक्षता मा.वि. आम्बिटेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मानन्द घिमिरेले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष शेर बहादुर मगर हुनुहुन्थ्यो। कार्यक्रम संचालन मा.वि. आम्बोटेका शिक्षक तुलसिराम पोखरेलले गर्नु भएको थियो।

साथै, खेलमा दोश्रो स्थान हात पार्न सफल भएको जनप्रेमी स्याङ्तिका शिक्षक चुडामणि वास्तोला उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ। जब चुडामणिको हातमा बल पर्थ्यो तब स्याङ्तिको स्कोर ह्वात्तै बढ्थ्यो, यति सम्मकी अर्को टिमको स्कोर जिरो हुँदा चुडामणिको कारणले लगातार ८ नम्बर प्राप्त गरेको थियो स्याङ्तिले, दर्शकले पनि चुडामणिको हातमा बलपर्ने बित्तिकै `चुडामणि चुडामणी भन्दै खेललाई नै रोमान्चक बनाइरहेका हुन्थे। आयोजकले उत्कृष्ट खेलाडि बास्तोलालाइ एक हजार एक सय रुपैयाँ नगद सहित सम्मान गरेको छ।