काठमाडौं। सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को आधिकारिकता ऋषी कट्टेलले पाउने भएपछि एकता पश्चातको ओली प्रचण्डको पार्टिको नाम बदर भएसँगै ने.क.पा. एमाले र ने.क.पा. माओवादी केन्द्र नै कायम हुने भएको छ। 

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गर्ने आयोगको २३ जेठ २०७५ को निर्णय र त्यसलाई सदर गर्न ९ कात्तिक २०७५ को निर्णय बदर गर्दै सर्वोच्चले साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने बताएको छ ।