काठमाडौं। सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता पछि जुराएको नाम खारेज गरि दिएको छ। दुई पार्टि एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेको र उक्त कुरा निर्वाचन आयोगले सदर गरेको थियो।

सर्वोच्च अदालतका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलले दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टी(ने क पा) को पक्षमा फैसला सुनाएको छ।

ऋषि कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्था गत २०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नामसमेत  नेपाल कम्युनिस्ट पार्टी (ने क पा) निर्वाचन आयोगमा दर्ता भएको थियो।