म जून हुँ ! म पूर्णिमाको रात अनि...
केही दिन अघि र केही दिन पछि
साच्चिकै सबले प्रसंशा गर्छ,
आहा कति सुन्दर कति राम्रो
तर....
जब औंसीको रात आयो,
जूनको प्रसंशा हरायो
हो.. तेस्तै छ आज यो दुनियाँ
काम पर्दा सम्झियो काम सकिएपछि कता बिलायो ।

                    - मिलन राई, अध्यक्ष, उन्मुक्त साहित्य संगम, रोङ, इलाम ।