काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणकाे लागि जारी गर्न लागेकाे आईपीओ निष्काशन मिति परिवर्तन गरेको छ। कम्पनीले फागुन २१ गते शुक्रबारदेखि निष्काशन गर्ने भएको हो। यसअघि फागुन २३ गतेदेखि आईपीओ निष्काशन गर्ने सूचना जारी गरेको थियो।

सिडिएस एण्ड क्लियरिङको लिमिटेडको अनुरोधमा कम्पनीले शेयर निष्काशन मिति अघि सारेको हो। सिडिएसले काराेबार समयमा बढ्दो चाप हुने भन्दै शेयर निष्काशन मिति हेरफेर गर्न अनुरोध गरेको गरेको थियो। त्यस पश्चात बुधबार कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सूचना प्रकाशन गर्दै आईपीओ निष्काशन गर्ने मिति परिवर्तन गरेको जनाएकाे छ।

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको छ। जसमा सर्वसाधारणले ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो पनि पढ्नुहोस्:

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आउँदै: फागुन २३ गतेदेखि आवेदन दिन सकिने