काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ फागुन २३ गते देखि सर्वसाधारणका लागि जारी हुने भएको छ। इन्स्योरेन्सले सर्वसाधारणका लागि ५९ लाख ४० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले निष्काशन गर्ने कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

आइपीओमा छिटोमा फागुन २३ गतेदेखि फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको हाल चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ भने आईपीओ बाँडफाँटपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।