हिजो प्रेमको नाममा जोडिएको हातहरु
आज साथमा एक्लै पाउँदैछु
तिमी बदलियौ कि?
म बदलिएँ?
कि,खै के बदलियो?
छाप्रोको झुपडीमा अँध्यारो छायो
कोही बोलेन,आवाज आएन
एक्लै बस्ने समय बद्लियो कि?
बुढा बदलियो?
कि,खै के बदलियो?
दुईचार दिन त हाँसेरै हिन्या थे! खुब
एक्कासी आँखामा आँसु पाएँ
उसको सोच बदलियो कि?
म बदलिएँ?
कि,खै के बदलियो?