काठमाडौं। नेकपाका नेपाल-दाहाल समूहले जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोसँग भेटेका छन्। उनीहरूले मिलेर जाने प्रस्ताव राख्न महतोलाई भेटेका हुन्।

सर्वोच्चले संसद पुन:स्थापनाको निर्णय सुनायसँगै नेपाल-दाहाल समूह सबै राजनीतिक दलहरु तथा नेताहरूसँग छलफलमा व्यस्त रहेका छन्। बुधबार काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका उनीहरूले आज जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका छन्।

जसपाका नेता राजेन्द्र महतोले भेटघटको विषयलाई उद्रित गर्दै उहाँहरुले मिलेर अगाडि जानुपर्छ भन्ने प्रस्तावसहित भेटवार्ता भएको जनाएका छन्। साथै महतोले भने नेपाल-दाहालसँग हामीले केपी ओलीको प्रतिगमन त सच्चयाौँ तर संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ भनेर प्रतिप्रश्न गरेका छन्।