काठमाडौं। प्रधानमन्त्री समेत रहेका केपी ओली समूहको नेकपाको स्थायी कमिटी बैठक आज बस्दै छ। सर्वोच्च अदालतले संघीय प्रतिनिधि सभा विघटनलाई बदर गरिदिएपछि ओली समूहको बैठक बस्न लागेको हो।

अदालतले प्रधानमन्त्रीको निर्णय बदर गरिदिएपछि कामचलाउ सरकारका प्रधानमन्त्री तथा नेपकपाका अध्यक्ष केपी ओलीले आज ११ बजे स्थायी कमिटी बैठक बोलाएको प्रेस सल्लाकार सुर्यथापाले  जनाएका छन्।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको घोषणना गरेकी थिइन्। सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री ओलीसँग दुई विकल्प बाँकी रहेका छन्। एउटा संसदमा बहुमत सावित गर्ने र अर्को राजिनामा दिने।