फाइल तस्विर

काठमाडौं। सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला सुनाएसँगै सुरक्षा निकाय हाई-अलर्टमा बसेका छन्। दुई ध्रुबमा विभाजित नेकपाका दुई समूहबीचका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै सुरक्षा निकाय हाइ-अलर्टमा बसेको हो।

सशस्त्र प्रहरीले सर्वोच्च अदालतको फैसला फागुन ११ गतेदेखि १७ गतेसम्म आउने संकेतका आधारमा विशेष सुरक्षा योजना लागू गरिएको जनाएको छ। त्यही अनुसार उपत्यकाका संवेदनशील क्षेत्रहरुमा सुरक्षा तैनाथी बढाइएको हो।

नेपाल प्रहरीका अनुसार उपत्यकाका निषेधित क्षेत्रहरूसहित ठाउँ ठाउँमा प्रहरी तैनाथी बढाइएको छ। अदालतको फैसलासँगै हुने भिडका कारण कुनै घटना नहोस् भनेर हाई–अलर्टमा बसेको बताएका छन्।

सुरक्षा निकायहरूले संसद पुनर्स्थापना हुँदको अवस्थामा र नहुँदाको अवस्थामा के-कस्तो सुरक्षा व्यवस्था अपनाउने पहिल्यै तयारी गरिसेकेको थियो। संसद पुनर्स्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना कम हुने आँकलन गरिएको छ।