च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा पिएसजिले बार्सिलोना माथि शानदार जित निकालेको छ। बार्सिलोनाको आफ्नै मैदानमा पिएसजिले बार्सिलोनालाई १-४ ले हराएको हो।

पिएसजिको जितका लागि पिएसजिका स्टार केलियन एम्बापेले ह्याट्रीक गर्दा मोइसे केनले एक गोल गर्दै बार्सिलोनामाथि सहज जित निकालेको हो। पहिलो हाफको २७ औँ मिनेटमा पेनाल्टी मार्फत मेसीले बार्सिलोनालाई अग्रता दिलाए पनि खेलको ३२ ‍औँ मिनेटमा केलियन एम्बापेले पिएसजिलाई बराबरीमा ल्याएका थिए। पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पिएसजि खेलमा हाबी हुँदा बार्सिलोना आफ्नै मैदानमा नराम्री पराजित भएको हो।

पिएसजि स्टार केलियन एम्बापेले च्याम्पियन्स लिगमा पहिलो ह्याट्रिक समिते गरेका छन्।

त्यस्तै, गए राति नै सम्पन्न च्याम्पियन्स लिगको अर्को खेलमा लिभरपुलले आरबि लेम्जिङ्लाई २-० ले हराएको छ। लिभरपुलको जितमा साडियो माने र मोहम्मद सलाहले समान १-१ गोल गरेका छन्। खेलको पहिलो हाफ बराबरीमा रोकेको लेम्जिङ्ले खेलको दोस्रो हाफ सम्हालिन नसक्दा आफ्नै मैदानमा खेल हारेको हो।