विशाल श्रेष्ठ, सउल, दक्षिण कोरिया। बाग्लुङ समाज दक्षिण कोरियाले कोरिया को व्यस्त सहर आनसान स्थित 와동체육관 (경기도 안산시 단원구 화정천동로) मा आइतबार "आठौँ बाग्लुङ कालिका कप २०२२" सम्पन्न गरेको छ।

बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्ष बिदुर शर्माको अध्यक्षतामा आयोजित बाग्लुङ कालिका कपको प्रमुख अतिथिमा एनआरएनए दक्षिण कोरियाको अध्यक्ष दिपक पुन, विशिष्ट अतिथिमा बाग्लुङ समाज दक्षिण कोरियाको संरक्षक तथा सल्लाहकार विपिन गुरुङ साथै अतिथि हरुमा समाजका बरिष्ठ सल्लाहकार , सल्लाहकार , विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुको प्रत्यक्ष उपस्थित रहेको थिएो।

विभिन्न संघ संस्था गरि २२ वटा टिम सहभागि प्रतियोगिताको कार्यक्रम सञ्चालन समाजका सचिव राजु नेपाली र बाग्लुङ समाज अन्तर्राष्ट्रिय सचिव प्रेम सागर पौडेलले गरेको थिएो। ग्रुप ए बाट ६ टिमलाई पाखा लगाउँदै थेसो परिवार निलो 'बि' सेमिफाइनल पुग्न सफल भयो भने त्यसैगरि ग्रुप ए बाट नै ५ टिमहरुलाई पाखा लगाउँदै सिहुङ्सि आनसान सेमिफाइनल पुग्न सफल भयको थिएो ।उता बलियो मानिएको ग्रुप 'बि' बाट भने ६ टिमलाई पाखा लगाउँदै मगर संग थेगु साखाले सेमिफाईनलको यात्रा तय गर्न सफल भयको थिएो र आयोजक बाग्लुङ समाज दक्षिण कोरियापनि ५ टिमलाई पाखा लगाउँदै सेमिफाईनलको यात्रा तय गर्न सफल भयको थिएो ।

धेरै खेलप्रेमिहरुले रुचिका साथ सेमिफाइनल खेलहरु हेरेका थिए जुन थेसो परिवार निलो 'बि' र सिहुङ्सि आनसान भि सि र आयोजक बाग्लुङ समाज र मगर संघ थेगु साखा बिच भयको थिएो। सेमिफाइनल गेममा थेसो परिवारले आन्सानलाई सोझो सेटमा हरायको थिएो । त्यसैगरि उता आयोजक र मगर संघ थेगु साखाको गेमपनि अत्यन्तै प्रतिष्प्रधात्मक रह्यो , एकदमै राम्रो र कुशल खेल प्रदर्शन गर्दा गर्दै पनि मगर संघ थेगु साखा आयोजकसंग सोझो सेटमा हार बेहोर्दै सेमिफाइनलबाटै बाहिरिन पुग्यो ।

ए र बि पोलबाट सबै टिमलाइ पछि पार्दै आएको थेसो परिवार निलो र आयोजक बाग्लुङ समाजको गेमपनि सोझो सेटमै सम्पन्न भयो ।एकदमै प्रतिस्पर्धात्मक र रोचक तरिकाले ११ टिमलाई पछि पार्दै फाइनल यात्रा तय गरेको थेसो परिवार आयोजक बाग्लुङ समाजसंग सोझो सेटमा हार व्यहोर्दै द्वितीय स्थानमा चित्त बुझाउन बाध्य भयो भने आयोजक बाग्लुङ समाज यो जितसंगै यो सिजनमा भयका भलिबल टुर्नामेन्ट ५ वटा मध्ये ५ वटै आफ्नो पोल्टामा पार्न सफल भयो । आयोजकले भनेबमोजिम सेमिफाइनल बाट बाहिरिने २ टिम मगर संघ थेगु साखा र आन्सान भलिबल क्लब ले सान्त्वना पुरुस्कार स्वरुप ४,००,००० कोरियन वन मेडल र प्रमाणपत्र (२ टिमले नै ) पाउन सफल भएभने उपबिजेता थेसो परिवारले द्वितीय पुरुस्कार १२,००,००० वन कप मेडल र प्रमाणपत्र हात पारेको थिएो। आयोजक बाग्लुङ समाजले प्रथम पुरस्कार १८,००,००० वन कप मेडल र प्रमाणपत्र आफ्नै पोल्टामा पारेको थिएो ।

त्यस्तै विभिन्न विधागत पुरुस्कार हरुमध्ये सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गरि बेष्ट प्लेयर को उपाधि चुम्न सफल भयका थिए बाग्लुङ समाजका टिम क्याप्टेन झपेन्द्र के सि उनले १,००,००० कोरियन वन कप मेडल र प्रमाणपत्र पनि हासिल गरेका थिए। त्यस्तै अन्य विधाहरुमा क्रमशः वेष्ट ब्लकरको उपाधि मगर संघ थेगु साखाका खेलाडी सुर्य जंग क्षेत्रि , वेष्ट सर्भर बाग्लुङ समाजका खेलाडी मनोज थापा, वेष्ट लिब्रो बाग्लुङ समाजकै खेलाडी प्रकाश मल्ल वेष्ट सेटर थेसो परिवारका खेलाडी दिनेश क्षेत्रि र वेष्ट स्पाइकर थेसो परिवार कै खेलाडी सुमित सुनारले ५०,००० कोरियन वन मेडल र प्रमाणपत्र हात पार्न सफल भयका थिए ।

खेल अवधिभर रेफ्रि को भुमिका निर्वाह गरेर सहयोग गर्नुहुने सम्पूर्ण रेफ्री हरु प्रतियोगितामा सहभागिता जनाउनुहुने सम्पुर्ण टिम तथा प्रतियोगिता आयोजना गर्न आर्थिक नैतिक भौतिक रुपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी संघ संस्था तथा व्यक्तिहरु लगायत उपस्थित सम्पूर्णमा आयोजक बाग्लुङ समाज दक्षिण कोरियाले धन्यवाद व्यक्त गरेको छ।