काठमाडौं। ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड शुक्रबार हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार सर्वसाधारणमा बिक्री गरेको आइपीओ  शुक्रबार बाँडफाँड गर्ने तयारी रहेको जनाएको हो।

हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको क्यापिटलले जनाएकोछ। यो कम्पनीले बिक्रीमा ल्याएको आइपीओको ७.३७ गुणा बढि हो।

धितो पत्र वोर्ड तथा आईपीओ बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताका दरेल शेयर बाँडफाँड गर्दा ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्। भने १० लाख १२ हजारको हात खालीहुने देखिएको छ।