महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा ३७.४७ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक एसबीआई मर्चेन्टले जनाएको छ। मर्चेन्टका अनुसार आईतबारसम्म १ अर्ब ४० करोड ५१ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन परको छ। यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्ताको ३७.४७ गुणा बढी आवेदन हो। 

आईतबार कार्यालय समयसम्म ९ लाख १२ हजार ४१५ जना सर्वसाधारण लगानीकर्ताले आवेदन दिएको मर्चेन्टले जनाएको छ। लघुवित्तले माघ ३० गतेबाट ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो। जसमा ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने र बाँकी कर्मचारी तथा सामुहिक लगानीकर्ताका लागि छुट्याईएको थियो। 

महिला लघुवित्तको आइपीओ फागुन ४ गतेसम्म भर्न सकिनेछ।