रामेछाप। गोकुलगंगा -२ (साविक ठोसे गाविस)को चोरपातलमा राती सुतेको अवस्थामा घरमा आगलागि हुँदा ९५ वर्षिया पासाङलेकी शेर्पाको मृत्यु भएको छ।

गाउँपालिका अध्यक्ष खड्ग सुनुवारका अनुसार आफ्नै छोरा किपाले शेर्पाको घरमा ९५ वर्षिया शेर्पा बस्दै आएका थिए। माघ २६ गते रातिको करिब २ बजेतिर किपालेकै घरबाट अचानक आगलागी हुँदा सुतिरहेको अवस्थामा रहेकोले उनलाई उद्धार गर्न नसकेकाले उनको ज्यान गएको हो। 

किपाललेको घरमा सल्केको आगोले दुई वटा घर जलेको र मानवीय क्षतीसँगै लाखौँको धनमालको क्षती भएको हुनसक्ने अध्यक्ष सुनुवारले बताएका छन्। गाउँपालिकाले तत्कालका लागि अत्यावश्यक लत्ताकपडा, खाद्यान्न लगायतका सामग्री सहित नगद पचास हजार सहयोग गर्ने जनाएको छ।