सिन्धुली। कमलामाई नगरपालिकाले आदिवासी जनजाति र दलितहरूको लागि नायब सुब्बा (सहायक स्तर पाँचौँ) स्तरको लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। नगरपालिकाले सोमबार सूचना जारी गर्दै लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएकाले इच्छुकलाई १५ दिन भित्र आवेदन दिन सूचित गरेको छ।
सूचना अनुसार १५ दिन भित्र १८ वर्ष पुरा भई ३५ वर्ष (महिलाको हकमा ४० वर्ष) ननाघेका नगरभित्रका प्रविणतापत्र तह (१०+२) पास गरेका इच्छुक आदिवासी जानजाति र दलित खुल्ने आधिकारीक पत्र साथ नगरपालिकाको सामाजिक विकास शाखामा आवेदन दिनुपर्ने छ।

