रामेछाप। रामेछा जिल्ला स्थित गोकुलगंगा गाउँपालिका वडा नं. ३ विरौटाका मेयरमानको छिमेकीसँग वादविवाद पश्चात कुटपिटबाट मृत्यु भएपश्चात विचल्लीमा परेको परिवारलाई गाउँपालिकाले सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले पीडित परिवारलाई पालिकाको तर्फबाट सहयोग गरेका हुन्। 

पालिकाको अनुसार वडा नं. ३ निवासी मेयरमान वि.क.को निधनका कारण परिवारमा पर्न गएको समस्यालाई मध्यनजरगर्दै गाउँपालिकाले नगद रु १० हजार, चामल ३ बोरा, दाल ५ केजी, नुन ५ पोका, त्रिपाल २ वटा र सिरकसहित राहत वितरण गरेको हो ।

 

यो पनि पढ्नुहोस् ।

रामेछाप बेतालीका मेरमान वि.क.को कुटपिटबाट मृत्यु