महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्ने भएको छ। लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

जसमध्ये सर्वसाधारणले ३ लाख ७५ हजार कित्ता लागि आवेदन दिन सक्नेछन्। संस्थाको आईपीओमा छिटोमा माघ २८ गतेदेखि फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभरीमा पूर्ण आवेदन नपरेमा फागुन १२ गतेसम्म निष्काशन खुला गरिने लघुवित्तले जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।