काठमाडौं। ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ।

निष्काशन गरिने कुल शेयरमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ भने सर्वसाधारणले ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि मात्र आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी गरेको शेयर खरिदका लागि माघ २३ देखि २७ गतेसम्म छिटोमा र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा फागुन ७ गतेसम्म म्याद रहने जनाईएको छ। लगानी कर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बी प्लस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तयि दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ।