काठमाडौं । स्पेनिस ला लिगाको हिजो राति भएको खेलमा रियल म्याड्रिडले अप्रत्यासित हारको सामना गरेको छ । आफ्नै घरेलु मैदानमा लेभान्टेसँग २–१ ले पराजित भएको हो ।

रियल खेलको १० औं मिनेटमा नै रियल १० खेलाडिमा समेटिँदा लिग लिडर एथ्लेटिको माड्रिडसँग दुरी कम गर्ने अवसर गुमाएयो । सर्जियो लियोन फउल गरेपछि मिलेटोले सिधै रातो कार्ड पाएका थिए।

१० खेलाडिमा सिमित भएपनि एसेन्सियोले रियललाई सुरुवति अग्रता दिलाउन सफल भएको थियो । तर अग्रतालाई कायम राख्न नसक्दा मोरालेसले गोलमा पहिलो हाफ १–१ को बराबरीको स्थितिमा सकियो । दोस्रो हाफमा रोजर मार्टीले गोल गरेपछि रियल पराजित हुन बाध्य भयो ।