हिजो राति भएको एफए कपको खेलमा लिभरपुलमाथि ३–२ को जित निकाल्दै म्यानचेस्टर युनाइटेड पाँचौ चरणमा प्रवेश गरेको छ ।

युनाइटेडको जितमा ग्रीनवुड, रासफोर्ड र फर्नान्डेसले समान १-१ गोल गरे । लिभरपुलका लागि दुवै गोल मोहम्मद सलाहले गरे पनि जितका लागि पर्याप्त बनेन ।

ओल्डट्राफोर्डमा मोहम्मद सलाहको गोलबाट लिभरपुलले घरेलु टोलीविरुद्ध खेलको १८औं मिनेटमा अग्रता लिएको थियो । उनले रोबर्टाे फिर्मिनोको पासमा गोल गरेका थिए । २६औं मिनेटमा मासन ग्रीनवुडले मार्कुस रासफोर्डको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

जितसँगै अब युनाइटेडले क्वाटरफाइनल प्रवेशका लागि वेस्ट ह्यामसँग खेल्नेछ ।