संगिता दिम्दोङ्, सिन्धुली। सोनाम ल्होछारको अवसरमा सिन्धुलीमा तामाङ् समुदायले शुभकामना आदन प्रदान तथा कविता प्रतियोगिताको आयोजना हुने भएको छ। ल्होछार पर्व लोप हुनबाट जगेर्ना गर्ने उदेश्यले तामाङ यस अवसरमा नेपाल तामाङ विद्यार्थि घेदुङ सिन्धुलीले शुभकामना आदन प्रदान तथा कविता प्रतियोगिता गर्न लागिएको हो।

नेपाल तामाङ विद्यार्थि घेदुङ जिल्ला कार्यसमिती सिन्धुलीको आज बसेको बैठकले शुभकामना आदान प्रदान तथा कविता प्रतियोगिता गर्ने निर्णय गरेको हो । २८५७ लाङ ल्हो तथा गोरु वर्ग सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ बिद्यार्थि घेदुङ जिल्ला कार्यसमिती सिन्धुलीको आयोजनामा तामाङ जातिहरुको माहान चाड ल्होछारलाई लोप हुनबाट बचाउनका तथा तामाङ रितीरिवाज लाई जगेर्ना गर्न उदेश्यले ल्होछारको अवसरमा कार्यक्रमको आयोजना गरिएको नेपाल तामाङ बिद्यार्थि घेदुङ जिल्ला कार्य समिति सिन्धुलीका पूर्व अध्यक्ष तथा तामाङ विद्यार्थि घेदुङ बागमती प्रदेशका अध्यक्ष अजय दोङ तामाङले बताउनु भयो ।

कार्यक्रम यही माघ २३ गते शुक्रबार हुने आयोजकले जनाएको छ । ल्होछारको अबसरमा आयोजना गरिएको जिल्ला स्तरिय कबिता प्रतियोतामा जिल्लाभरका तामाङ प्रतियोगीहरुलारु सहभागि हुन पाउने भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई पुरुस्कार ३ हजार नगद र प्रमाण पत्र,दोस्रो हुनेलाई २ हजार ५ सय नगद र प्रमाण पत्र,तेस्रो हुनेलाई २ हजार नगद र प्रमाण पत्र र चौथो हुने प्रतियोगि लाई १ हजार नगद र प्रमाण पत्र प्रदान गरिने आजको बैठकले जनाएको छ ।

कविता प्रतियोगिताका लागि भोलि देखि माघ १२ देखि २० गते सम्म आफ्नो कविता नेपाल तामाङ विद्यार्थि घेदुङ जिल्ला कार्यसमिति सिन्धुलीको पेजमा पठाउनका लागि आह्वान गरिएको छ । नेपाल तामाङ बिद्यार्थि घेदुङ जिल्ला कार्यसमिती सिन्धुलीको आज भएको बैठकमा नेपाल तामाङ बिद्यार्थि घेदुङ जिल्ला कार्यसमिती सिन्धुलीका अध्यक्ष विज्ञान लामा, सचिव दिलमाया गोले,कोषाध्यक्ष सर्मिला बज्यु , बागमती प्रदेश अध्यक्ष अजय दोङ तमाङ,सदस्य बेनुका थोकर,सृजना लामा त्यस्तै केन्द्रिय सदस्य सम्झना ब्लोन लगायतको उपस्थिती रहको थियो ।