काठमाडौं । कोभिड -१९ को महामारी पछि नेपालमा शेयरमा लगानी कर्ताहरू ह्वात्तै बढेका छन् । महामारीका कारण भएको बन्दाबन्दीका कारण लगानी गर्ने सुरक्षित क्षेत्रको रुपमा शेयर बजारलाई हेर्न थालिएको छ । त्यसैले बैङ्क तथा क्यापिटलमा डिम्याट खाता खोल्नेको भिड लागेको छ ।

कोरोना सङ्क्रमण जोखिम मोलेर बैङ्क तथा वित्तीय संस्था धाउने अवस्थालाई न्यूनीकरण गर्न एनआईसी क्यापिटलले अनलाइन डिम्याट खाता एक घण्टा मै खोल्ने सुविधान ल्याएको छ । क्यापिटलले माघ ८ गते बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै डिम्याट खाता अनलाइन मार्फत छोटो समयमा नै नि:शुल्क रुपमा खोल्न सकिने जनाएको छ । 

क्यापिटलले २०७७ माघ मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता खोल्नेलाई नि:शुल्क रुपमा खोल्न सकिने विज्ञप्ति मार्फत जनाएको छ । क्यापिटलमा अनलाइन डिम्याट खोल्न http://onlinedemat.nicasiacapital.com/#/ मा क्लिक गरी रितपूर्वक विवरण भरेर डिम्याट खाता नम्बर उपलब्ध गराउने भएको छ ।