रामेछाप। जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रमुख डिएसपी वसन्त पाठक सरुवा भएका छन् । एक वर्षे रामेछाप बसाई पछि उनी आज विदाई भएका हुन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९का कारण लामो समयको लकडाउनमा नागरिकहरूलाई सूसुचीत बनाउने कार्यमा खटिएका उनले रामेछाप बसाइको क्रममा विभिन्न घटनामा फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएका थिए ।
बिदाई कार्यक्रममा बोल्दै रामेछाप बसाईको एक बर्षको अवधिमा नागरिकहरुले प्रश्न उठाउने कुनै पनि काम हुन नदिएको र शान्ति सुरक्षालाई मजबुद्ध बनाउने हाम्रो कर्तव्य हो पनि धेरै हदसम्म पूरा गर्न पाएको खुसी व्यक्त गरेका छन् । साथै, कोराना भाइरस नियन्त्रण र रोकथामको लागि प्रहरी संगठनले निकै प्रभावकारी रुपमा काम गर्न सफल भएको र रामेछापबासीको साथ र सहयोगकै कारण आफ्नो कार्यकाल सफल हुन सकेको बताए ।
पाठकको सरुवा भएपछि रामेछापको नयाँ डिएसपीमा नवराज ढुङ्गानाले जिम्मेवारी सम्हाल्ने भएका छन् ।

