सिन्धुली। सिन्धुली जिल्ला स्थित दुधौली नगरपालिकाको डकाहाबाट तिनपाटन गाउँपाालिकाको चकमके तर्फ आउँदै गरेको बोलेरो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आज बिहान ११ बजे दुधौली नगरपालिक ०४ टोड्के भन्ने स्थानमा बोलेरो अनियन्त्रीत भई सडकको भित्तामा ठोक्कीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

डकाहाबाट तिनपाटन आउनेक्रममा स १ च १६७७ नम्बरको डबल क्याप बोलेरो बिहान करिब ११ बजे तिर सडकको नालामा ठोक्किएर दुर्घटनाभएको डिएसपी श्याम बहादुर खत्रीले जनाएका छन् । उनका अनुसार बोलेरो चालक भने फरार रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा परी तिनपाटन गाउँपालिका ११ की चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै, दुर्घटनामा दुधौली नगरपालिका–४ वनधाराकी ३२ वर्षीया सतिनिमाया तामाङ, दुधौली नगरपालिका ३ निपानेका ७० वर्षीय प्रेमलाल श्रेष्ठ, दुधौली ३ कालापानीका ५३ वर्षीय पृथ्वीनारायण श्रेष्ठ, दुधौली ६ हर्षाहीका ५५ वर्षीया दुर्गा श्रेष्ठ र तिनपाटन १० वाङरिङका ६३ वर्षीया मनमाया गौतम घाईते भएका छन् । स्थानीय आमा मेमोरियल अस्पताल डकाहामा उपचारपछि घाइतेहरु घर फर्केका छन् ।