काठमाडाैं। चन्द्रागिरी हिल्सको लिमिटडले गत पुस २४ गतेदेखि २८ गतेसम्म खुला गरेको आइपीओको बाँडफाँट शुक्रबार गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले ढिलोमा शुक्रबारसम्म बाँडफाँट हुने जनाएको हो।

कम्पनीले प्रति कित्ता एक सय अङ्कित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमध्ये १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गर्नेछ।

कम्पनीले बिक्री गरेको आइपीओमा १७.५३ गुणा बढी अर्थात १२ लाख ५१ हजार १० आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता अर्थात २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर माग गरिएको छ।

यही तथ्याङ्कको आधारमा कम्पनीको आइपीओमा आवेदन गर्ने मध्येबाट १ लाख ३९ हजार ६०२ जनाले मात्रै १०/१० कित्ताका दरले शेयर पाउनेछन् भने बाँकी ११ लाख भन्दा बढी आवेदकको हात खालि हुनेछ।