काठमाडौं। युरोप तिर देखिएको नयाँ प्रजातिको कोरोना नेपालमा पनि पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै नयाँ प्रजातिको भाइरसको सङ्क्रमण पाईएको पुष्टि गरेको हो ।

मन्त्रालयको विज्ञप्ति अनुसार तीन जनामा नयाँ प्रजातिको काेराेना भाइरसको संक्रमण पुष्टि भएको छ। पुष्टि हुनेमा केहि दिन अघि बेलायतबाट नेपाल आएका व्यक्ति रहेको मन्त्रालयले जनाएको छ ।

बेलायतबाट आएका ६ जनाको नमुना परीक्षण गरिएकोमा तीन जनामा एस जीन टार्गेट नेगेटिभ देखिएको भएपनि नयाँ प्रजातिको भाइरसको संक्रमण भए नभएको पुष्टि गर्नका लागि उक्त नमुना हङ्‍कङ्गको प्रयोगशालामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको हो।

संक्रमितहरु २८ वर्षिय महिला, ६७ वर्षिय वृद्ध तथा ३२ वर्षका पुरुष रहेका छन्। सङ्क्रमण पुष्टि भए पनि कुनै लक्षण भने नदेखिएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ।