काठमाडौं। स्पेनिस फुटबल महारथी क्लब रियलम्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ। गयराति सम्पन्न दोस्रो लेगमा रियलम्याड्रिडले म्यानचेस्टर सिटीलाई समग्रमा ६-५ ले हराउँदै फाइनल प्रवेश गरेको हो।

यस अघि स्टाम्फर्डब्रिजमा भएको खेलमा सिटी ४-३ ले अघि रहेपनि सान्टियागो बर्नाबेउमा भएको दोस्रो लेगमा रियल म्याड्रिडले खेलको अन्तिम ६ मिनेटमा तीन गोल गर्दै ३-१ को जित दर्ता गर्दा च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो।

खेलको ७३ औँ मिनेटमा सिटीका लागि रियाद महारेजले गोल गर्दै सिटीलाई समग्रमा ५-३ को बलियो अवस्थामा पुर्‍याए पनि खेलको ९० औँ मिनेट र अनिरिक्त समयको पहिलो मिनेटा रोड्रिगोले नाटकिय तरिकाले व्यक्तिगत २ गोल गर्दा नियमित समय ५-५ गोलको बराबरी अवस्थामा म्याड्रिड पुगेको थियो। नियमित समयमा बराबरी गोल भएपनि थपिएको अतिरिक्त समयको ९६ औँ मिनेटमा करिम बेन्जेमाले पेनाल्टी मार्फत गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए।

यससँगै रियलम्याड्रिड सबैभन्दा बढी पटक च्याम्पियन्स लिगको फाइलनमा पुग्ने टिम बनेको छ। 

रियलम्याड्रिडले च्याम्पियन्स लिगको फाइल इङ्लिस क्लब लिभरपुलसँग मे २९ मा खेल्ने छ। लिभरपुल यस अघिनै भिल्ला रियललाई हराउँदै फाइनल प्रवेश गरि सकेको छ।