संगिता डिम्दोङ, सिन्धुली । जिल्ला ट्राफिक कार्यलय सिन्धुलीले पुस महिनामा ३७ लाख ७ हजार राजस्व सङ्कलन गरेको छ । पुसको २९ गतेसम्म विभिन्न कसुरमा सवारी कारबाहिबाट उक्त राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यलय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रिले जानकारी दिनुभयो ।
यो सिन्धुलीमा ट्राफिक पोष्ट स्थापना भएको एताकै उच्च राजस्व सङ्कलन भएको हो । जिल्ला ट्राफिक कार्यलय सिन्धुलीका प्रमुख क्षेत्रीका अनुसार पुस महिनामा ४ हजार २ सवारी कारबाहिमा परेका छन् । उहाँका अनुसार सबैभन्दा बढी ओभरलोड बोकेर सवारी चलाउने ८ सय १२ वटा सवारी कारबाहिमा परेका हुन् । जसबाट ७ लाख ९० हजार ५ सय राजस्व सङ्कलन भएको छ ।
त्यस्तै रुटपरमिट इजाजत नभएको ६ सय ६५ सवारी कारबाहिमा पर्दा लाख ७६ हजार,सिट बेल्ट तथा हेल्मेट प्रयोग नगरेका कारण ५ सय २१ सवारी साधन कारबाहिमा परेको र उक्त बापत ३ लाख ९ हजार ५ सय, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउने ३ सय १८ सवारी कारबाहिमा परेको र उक्त बापत ३ लाख ३१ हजार राजस्व सङ्कलन भएको क्षेत्रिले बताउनु भयो ।
त्यस्तै कागजपत्र साथमा नराखी सवारी चलाएका ५ सय ७ सवारी कारबाहिमा परेको र उक्त बापत ४ लाख ९६ हजार,बत्तीको अबस्था ठिक नभएका १ सय ९२ सवारी कारबाहिमा परेको र उक्त बापत १ लाख २२ हजार ५ सय,तिब्र गतिमा सवारी चलाएका १ सय ७१ सवारी कारबाहिमा परेको र उक्त बापत १ लाख ७० हजार राजस्व सङ्कलन भएको बताइएको छ ।
त्यस्तै सिट क्षमता भन्दा बढि यात्रु बोकेका १ सय ६४ वटा कारबाहिमा परेका छन् । जसबाट १ लाख ६३ हजार ५ सय राजस्व सङ्कलन भएको छ । साथै प्रयोजन बिपरित सवारी चलाएका १ सय ५१ वटा सवारी कारबाहिमा पर्दा १ लाख ६३ हजार ५ सय राजस्व सङ्कलन भएको र मादक पदार्थ सेबन गरि सवारी चलाएका २० वटा सवारी साधन कारबाहिमा पर्दा २० हजार राजस्व सङ्कलन भएको प्रमुख क्षेत्रिले जानकारी दिनुभयो ।
पुस महिनामा विभिन्न १७ वटा सवारी दुर्घटना हुँदा १ जना यात्रुको मृत्युसमेत भएको प्रमुख क्षेत्रिले जानकारी दिनुभयो । उक्त दुर्घटनाबाट ८ जना चालक र १० जना सर्बसाधरण गरि १८ जना घाइते भएका छन् । साथै १ मुद्धा भएको छ भने ५ वटा मिलापत्र भएको जनाइएको छ ।

