सिन्धुली । सिन्धुली जिल्ला स्थित घ्याङलेख गाउँपालिकाको आठौँ गाउँसभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ । पुस २७ आईतबार पालिकाको सभाहलमा हिउँदे अधिवेशन सम्पन्न भएको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका क्रियाकलापहरुको बारेमा समीक्षा गर्दै गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको हो । पालिकाको हिउँदे अधिवेशनमा स्वीकृत कार्यक्रमहरुको प्रगती समीक्षा, नीति तथा कार्यक्रम र कमीकमजोरीहरु पहिल्याउने र नीराकरण गर्ने रणानीतिहरु बनाउँदै कार्यक्रम सम्पन्न गरिएको छ ।
घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनज्यूको अध्यक्षतामा पाँचै वडा र गाउँपालिका स्तरीय केही योजनाहरुको संशोधनसहित सम्पन्न गरियो । गाउँ सभामा गाउँपालिकाका उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु, विभिन्न दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

