धनुषा । जनकपुर जेसिज अध्यक्षमा मनोज साह बिजय भएका छन् । जनकपुर जेसीजको नयाँ नेतृत्वका लागी शनिबार भएको मतदानमा साह बिजय हुनु भएको हो ।
शनिवार अबेर रातीसम्म भएको मतदान १६३ मतदाता मध्ये जम्मा १५४ खसेको जनकपुर जेसीजका का. उपाध्यक्ष निरज बिक्रम साहले जानकारी दिएका छन् । मतदान समपन्न पश्चात मतगणना सुरु भएको थियोे।
अध्यक्ष पदमा मनोज कुमार साह भारी बहुमतले बिजय भएका छन्, त्यस्तै कार्यकारिणी उपाध्यक्ष पदमा राजेश कुमार मंडल र उपेन्द्र कुमार साह निर्बिरोध निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा दिपक यादव,बिनय साह, मुकेश कुमार साह, राजेन्द्र कुमार साह रहेका छन्।

