सर्मीला सुनुवार, रामेछाप । रामेछापमा कोरोना सङ्क्रमित भएका मध्ये १९८ जनाले कोरोना जितेका छन् । यो कुल सङक्रमित संख्याको करिब ६८ प्रतिशत हो ।
स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले आइतबार गोकुलगंगा गाउँपालिकाका ४५ वर्षीय एक पुरुसले कोरोनालाई जितेँ सङ्गै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १९८ पुगेको बताउनुभयो ।
जिल्लामा हासम्म २०३ जनामा कोरोना सङ्क्रमण भएकोमा अब मन्थली नगरपालिकामा ४ जना र गोकुलगंगा गाउँपालिकामा एकजना गरी पाँच जना सङ्क्रमित कोरोनामुक्त हुन बाँकि रहेको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लामा हालसम्म दुईहजार ४६१ जनाको स्वाब परीक्षण गरिएकोमा दुईहजार २५८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १०१ जना, रामेछाप नगरपालिकामा २८ जना ,गोकुलगंगा गाउँपालिकामा २७ जना ,लिखुतामाकोसी गाउँपालिकामा २० जना , सुनापति गाउँपालिकामा दशजना , जिल्ला अस्पतालमा नौँ जना ,उमाकुण्ड गाउँपालिकामा दुईजना , खाँडादेवी गाउँपालिकामा तीनजना र दोरम्बा गाउँपालिकामा तीनजना कोराना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार रामेछाप स्थायी घर भई काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने हालसम्म महिला ८८ जना र पुरुष २०६ जना गरी २९४ जनालाई कोरोना सङ्क्रमण भएको छ ।