समसामयिक जानकारीहरु
१. राष्ट्रिय कविति महोत्सव २०७७
- नेपाल प्रज्ञा प्रतिष्ठानको ६३ औँ वार्षिकोत्सवको अवसरमा वि.सं. २०७७ मंसिर २९ गते आयोजना गरिएको (वि.सं. २०२२ सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको)
- प्रथम हुने प्रतिभा नुवाकोटका भैरवी भूगोल (नेपालको गीत नामक कविता)
- दोस्रो: लमजुङ्का प्रज्वल अधिकारी (संकल्प कविता)
२. सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई
- २०७७ मंसिर २३ गते नेपाल र चीन सरकारले संयुक्त रुपमा सार्वजनिक गरेको ।
- ८,८४८.८६ मिटर (२९,०३१.७ फिट) नयाँ उचाई कायम भएको ।
३. ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२०
- हरेक वर्ष डिसेम्बर १० मा मनाईने
- अन्तर्राष्ट्रिय नारा: रिकोभर बेटर: स्टाण्ड अप फर ह्युमन राइट्स ।
- राष्ट्रिय नारा: महामारीमा मानवअधिकार: स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार
४. सन् २०२० को मिस् नेपाल: - नम्रता श्रेष्ठ
५. पर्यटनका लागि सँगसँगै भन्ने मूल नाराका साथ राजधानीमा सम्पन्न मिस नेपाल टुरिजम २०२० को उपाधि मनिता रिसाल बुढाथोकी (बाफल, काठमाडौं)ले जितेकी छन् ।
६. राष्ट्रिय योजना आयोगद्धारा २०७७ मंसिर २८ मा सार्वजनिक मानव विकास प्रदतिवेदनअनुसार नेपालको मानव विकास सुचकाङ्क कति रहेको छ ? -०.५८७ रहेको
७. भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : हरेक वर्ष डिसेम्बर ९ मा मनाईने
- सन् २००५ देखि मनाउन थालिएको; सन् २०२० को नारा : Recover with Integrity
- (नोट: संयुक्त राष्ट्रसंघको महासभाले भ्रष्टाचारविरुद्धको महासन्धिबाट सन् २००३ अक्टोबर ३१ मा पारित गरेको ।)
८. अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस: हरेक वर्ष डिसेम्बर ७ मा मनाइने
- सन् २०२० को नारा: Advancing Innovation for Global Aviation Development.
९. अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस: हरेक वर्ष डिसेम्बर ५ मा मनाइने
- सन् २०२० को नारा: Together we can through volunteering.
१०. गाँजालाई हानिकारक लागूऔषधको सूचीबाट हटाईयो:
- संयुक्त राष्ट्रसंघीय लागूऔषधसम्बन्धी आयोग(यूनसीएनडी) ले गाँजालाई लागूऔषधको सूचीबाट हटाइएको ।
- सन् २०२० डिसेम्बर २ मा भएको मतदानमा लागूऔषधको सूचीबाट हटाउने पक्षमा मतदान भएको ।
- मतदानमा ५३ सदस्य राष्ट्र सहभागि भएका जसमा २७ राष्ट्रले हटाउने पक्षमा मतदान गरेका ।
११. अपाङ्गता भएका व्यक्तिहरुको २९ औँ अन्तर्राष्ट्रिय दिवस
- International Day of Persons with Disabilities: December 3
- "Building Back Better: toward a disability-inclusive, accessible and sustainable post-COVID-19 world"
१२. सन् २०२० को बैङ्क अफ दि इअर "एनएमबी बैङ्क" (द फाइनान्सियल टाइम्स लण्डनले अवार्ड प्रदान गरेको)
१३. विश्व एड्स दिवस: हरेक वर्ष डिसेम्बर १ मा मनाईने:
- एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि जनचेतना जगाउन सन् १९८८ देखि मनाउन थालिएको ।
- सन् २०२० को नारा: Global Solidarity and Shared Responsibility.
१४. सामाजिक सुरक्षा दिवस: हरेक वर्ष मंसिर ११ मा मनाइने ।
- वि.सं. २०७५ मंसिर ११ देखि मनाउन थालिएको ।
- २०७७ को नारा: "असल श्रम सम्बन्धको आधार, सामाजिक सुरक्षा र रोजगार"
१५. विश्व प्रसिद्ध फुटबल खेलाडी म्यारोडोनाको निधन : सन् २०२० नोभेम्बर २५ मा ।
१६. लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियान : हरेक वर्ष नोभेम्बर २५ देखि डिसेमबर १० सम्म मनाईने
- अन्तर्राष्ट्रिय नारा: Orange the World: Fund, Respond, Prevent Collect.
- राष्ट्रिय नारा: लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता: व्यक्ति, समाज र सबैको ऐक्यबद्धता ।
१७. बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको सन् २०२० को प्रभावशाली १ सय महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगरको नाम समेटिएको छ ।
- सपना विगत केहि वर्षदेखि बेवारिसे परेका शव जलाउने कार्यमा अग्रसर रहेकी छन् ।
१८. ९ औँ कर दिवसको अवसरमा सबैभन्दा बढी कर तिर्नेलाई सम्ममान: हरेक वर्ष मंसिर १ गते प्रदान गरिने ।
२०७७ को नारा: "स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन: विकास, समृद्धि र सुशासन"
२०६९ देखि हरेक वर्ष मंसिर १ गते मनाउन थालिएको ।
- करदाता: सूर्य नेपाल
- निर्यात कर्ता: डाबर नेपाल (प्रा.) लि.
- विशेष उद्योग: हिमाल पावर
- व्यक्तिगत आयकर तिर्ने: विजय कुमार शाह
१९. संयुक्त राष्ट्रसंघीय परिषद्मा मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति (सिड)को नयाँ कार्यकाल(२०२१–२०२४)का लागि अधिकारकर्मी वन्दना राणा पुनः निर्वाचित भएकी छन् ।
सङ्कलन: बीरबहादुर सुनुवार