रामेछाप– उमाकुण्ड गाउँपालिका कार्यालयले प्रवेश द्वारमा ह्याण्ड वास पोइन्टको स्थापना गरेको छ ।
कोभिड–१९को महामारी अझैसम्म पनि पूर्ण नियन्त्रणमा नआइसकेको अवस्थालाई नियाँल्दै बुधबार एक कार्यक्रममा गोरखा वेलफेयर ट्रष्टको पुर्व क्षेत्रीय कार्यालय धरानको सहयोगमा गाउँपालिकाले प्रवेश द्वारमा ह्याण्ड वास पोइन्ट (हात धुने ठाउँ) स्थापना गरेको हो ।
उक्त गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीहरुसहित गोरखा ट्रष्टद्वारा ह्याण्ड वास पोइन्ट हस्तान्तरण भएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुनुवारले सामग्री हस्तान्तरण तथा ह्याण्ड वास पोइन्ट स्थापना गरीदिएकोमा गोरखा वेलफेयर ट्रष्टप्रति विशेष आभार प्रकट गरेका छन् ।

