इलाम– चियाबारी अतिक्रमण गरेर भवन निर्माण गरेको भ्रामक समाचारप्रति इलाम नगरपालिकाले ध्यानाकर्षण विज्ञप्ति जारी गरेको छ ।
प्रस्तावअनुसार प्रदेश–१ सरकारबाट स्वीकृत भई कार्यान्वयनमा आएको नगरपालिका–७ भानुपथस्थित बसपार्कमा समाजिक सञ्जालमार्फत ऐतिहासिक सम्पूर्ण चिया बगानको जमिन अतिक्रमण गरेर मोटरपार्किङ् तथा सिनेमा हल भवन निर्माण गरेको भ्रामक समाचारप्रति खेद प्रकट गर्दै नगरपालिकाले बुधबार विज्ञप्ति जारी गरेको हो ।
नगरपालिकाका प्रशासकिय अधिकृत रामकुमार शाहद्धारा हस्ताक्षरित विज्ञप्तिमा वि.सं. २०३९ सालमा नै तत्कालिन प्रधान पञ्च बेनुपराज प्रसाईको कार्यकालमा उक्त स्थानको कि.नं. १ सय १७, ४ सय ५९, ४ सय ४६ को ४।१२।२।० क्षेत्रफलको जग्गा खरिद गरी बसपार्क प्रयोजनमा ल्याईएको प्रष्ट पारिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिका अनुसार बसपार्कको उत्तरतर्फ चिया बगान रहेको र उक्त चिया बगानबाट पहिरो गईराख्ने हुनाले त्यसको क्षती न्यूनीकरण गर्न नगरपालिकाले पर्खालसमेत लगाएको छ ।
हाल निर्मित भवन र पार्किङ परिसरकोे २६ हजार १ सय ८४.१३ वर्गफिट जग्गामध्ये ९ हजार वर्ग फिट जग्गामा मात्र आवश्यक भएकोले सोहि अनुसार कार्य अघि बढाईएको पालिकाले जनाएको छ ।
समाजिक सञ्जालमा ऐतिहासिक चिया बगानको जमिन अतिक्रमण गरेर बसपार्कमा भवन निर्माण गर्ने कुनै कार्यक्रम नभएको र वर्तमानको आवश्यकतालाई ध्यानमा राखेर पूर्वाधार निर्माणको कार्य भईरहेको हुनाले भ्रामक समाचारको पछि नलागी यथार्थ र आवश्यकतालाई ध्यानमा राखेर मोटरपार्किङ् तथा सिनेमा हल भवन निर्माण गरेको नगरपालिकाले विज्ञप्तिमा जनाएको छ ।
विज्ञप्ति जस्ताको तस्तै

