लण्डन। गए राति सम्पन्न इङ्लिस प्रिमयर लिगको खेलमा लिभरपुलले सहज जित निकालेको छ। लिभरपुलले नवप्रवेसी टीम ब्रेन्ट फर्डलाई ३-० गोलले जितेको हो। 

प्रमुख स्ट्राइकर मोहम्मद सलाह र साडियो माने बिना मैदानमा उत्रेको लिभरपुलका लागि खेलको ४४ औँ मिनेटमा फ्याबिनोले गोल गर्दै अग्रता दिलाए। खेलको दोस्रो हाफमा ६९ औँ मिनेटमा चेम्मरल्याण्डले गोल गर्दै अग्रतालाई दोब्बर बनाए भने । सबस्टिच्युटका रुपमा मैदान प्रदेश गरेका टाकुमी मिनामिनोले खेलको ७७ औँ मिनेटमा निर्णयाक गोल गर्दा लिभरपुलले खेल ३-० ले जित्यो। 

एक खेल कम खेलेको लिभरपुल जित सँगै लिगको दोस्रो स्थानमा उक्लेको छ। लिभरपुलले २१ खेलबाट ४५ अङ्क बटुलेको छ भने २२ खेल खेलेको सिटी ५६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ। त्यस्तै चेल्सी ४३ अङ्क सहित तेस्रो स्थानमा छ। 

गए रातिनै सम्पन्न अर्को खेलमा लिगको चौथो स्थानमा रहेको वेस्टह्याम लिड्स युनाइटेडसँग पराजित भएको छ। वेस्टह्याम लिड्स युनाइट्डसँग २-३ ले हारेको हो। वेस्टह्यामले २२ खेलबाट ३७ अङ्क बटुलेर लिगको चौथो स्थानमा रहेको छ।