स्पेनिस सुपर कपको उपाधी रियल म्याड्रिडले जितेको छ। गए राति सम्पन्न खेलमा साविक विजेता एथलेटिको बिल्वाओलाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कप जितेको हो। 

रियलले फाइनलमा साविक विजेता एथलेटिको बिल्वाओलाई २–० ले हराउँदै उपाधि रक्षा गरेको हो। साउदी अरबको रियादस्थित किङफाद इन्टरनेसनल स्टेडियममा रियललाई जिताउन लागि लुका मोड्रिच र कप्तान करिम बेन्जेमाले एक-एक गोल गरे।

खेलको ३८औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १-० ले अघि रहेको रियलले दोस्रो हाफमा थप एक गोल गरेको थियो। उसका लागि बेन्जेमाले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियलको जित पक्का गरे।

खेलको ८७ औं मिनेटमा रियल १० खेलाडीमा समेटिए पनि त्यसको फाइदा बिल्वाओले उठाउन सकेन। 

राहुल गार्सियाको प्रहार क्रसबारमा लाग्दै गोललाईन पार गर्न लाग्दा इडर मिलिसाओ ह्यान्ड गर्न पुगेपछि रेफ्रीले उनलाई सिधै रातो काडै देखाउँदै मैदान बाहिर पठाएका थिए। प्राप्त पेनाल्टीमा राहुल गार्सियाको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले डाइभ दिँदै बचाएपछि बिल्बाओले गोल अन्तर घटाउने मौका गुमायो।

सिजनको पहिलो उपाधि जितेको रियल समग्रमा १२औं पटक सुपर कप च्याम्पियन बनेको हो। क्याटलान क्लब बार्सिलोनाले सर्वाधिक १३ पटक उपाधि जितेको छ ।