लण्डन। शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ। हिजो साँझ सम्पन्न खेलमा घरेलु मैदानको फाइदा उठाउँदै सिटीले १-० गोलको जित निकालेको हो। 

जित सँगै म्यानचेस्टर सिटीले लिगको शीर्ष स्थानसँगै दोस्रो स्थानमा रहेको चेल्सिसँगको अङ्क दुरी बढाएर १३ पुर्‍याएको छ। सिटीको जितमा जोआओ कनसेलोको पासमा केभिन डि ब्रुयनेले खेलको ७०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै लिगको २२ खेल सकिँदा सिटीले ५६ अङ्क बनाएको छ। 

शनिबार राति सम्पन्न लिगको अर्को खेलमा म्यानचेष्टर युनाईटेड र एष्टन भिल्लाले २–२ गोलको बराबरी खेलेका छन्। खेलमा २–० को अग्रता लिएको युनाईटेडले अग्रता जोगाउँन नसक्दा खेल बराबरीमा रोकियो हो। गए राति नै सम्पन्न लिगको अन्य खेलहरूमा नर्वीचले एभर्टनलाई २–१ ले पराजित गर्दा उल्भ्सले  साउथह्याम्पटनलाई ३–१ अंन्तरले पराजित गरेको छ।  न्युक्यासल युनाईटेड र वाट्फोर्डले १–१ गोलको बराबरी खेलेका छन् ।