काठमाडौं। बिहीबार ५४.१२ अंक बढेको छ। बुधबार ३०.५१ अंकले घटेको भएको बजार कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार बढेको हो। 

बिहीबार नेप्से ५४.१२ अंक बढेर २८५७.७५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ८.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०९ अंक बढेको छ। बिहीबार सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३४ अंक बढेको छ। आज २ सय २४ कम्पनीको ७७ हजार ६६८ पटकको कारोबारमा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबारको अन्तिम दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.९ प्रतिशत बढेको छ। 

उपसमूहको परिसूचकमा जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लगानी, वित्त र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार, विकास बैंक, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।