काठमाडौं। ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ आजबाट शुरु हुने भएको छ। आज उद्घाटन् खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच आमनेसाम्ने हुने भएको छ।

उद्घाटन खेलमा आमनेसाम्ने हुने फ्रेण्ड्स क्लब पाँच दशक लामो अनुभवि टोली हो भने सातदोबाटो पहिलो पटक ए डिभिजन लिगमा प्रवेश गरेको टोली हो। ए डिभिजन लिगमा नेपालको शीर्ष  १४ क्लबले प्रतिस्पर्धा गर्दैछन्। अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा खेलाउने भएको छ। आजको उद्घाटन खेल दशरथ रंगशालमा अपराह्न ४:४५ बजेदेखि सुरु हुनेछ।

खेल हेर्नका लागि दर्शकहरूले एक सयका टिकट दर राखिएको एन्फाले जनाएको छ। एन्फाले भिआईपीतर्फ भने ५०० टिकट मूल्य राखिएको जनाएको छ। यस प्रतियोगितमा लिग विजेताले नगद ७५ लाख पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ।