काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले कतारसँगको टि-२० सिरिजको पहिलो खेलमा ११९ रनको फराकिलो जित दर्ता गरेको छ। महिला टि २० विश्वकपको छनौटको अभ्यास खेलका लागि नेपाली महिला टोलीले कतासँग ३ खेलको सिरिज खेलको पहिलो खेलमा किर्तिमानी जित दर्ता गरेको हो।

यो नेपाली महिला क्रिकेट टोलीको पहिलो अन्तर्राष्ट्रि टि-२० सिरिज हो। मंगलबार कतार स्थित वेष्ट इण्ड पार्क इन्टरनेशनल स्टेडियममा सम्पन्न पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४६ रन बनाउँदै १ सय ४७ रन विजय लक्ष्य प्रस्तु गरेको थियो। जवाफी ब्याटीङ्‍मा उत्रेको घरेलु टोली ११.५ ओभरको समाप्तिमा अलआउट हुँदै  मात्र २७ रन जोड्दा नेपालले किर्तिमानी जित दर्ता गर्‍यो। 

ब्याटिङ तर्फ नेपालका लागि तेस्रो क्रमका ब्याट्सम्यान इन्दु बर्माले ४७ बलमा ५५ रनको योगदान गर्दै रिटायर्ट हर्ट भईन्। उनको अर्धशतक नेपालले महिला टी-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक हो। ‍यस्तै ओपनर सीता राना मगरले ३३ बलमा ३९ रन र ओपनर काजल श्रेष्ठ ३ रन जोडे। नेपालका लागि इन्दु बर्मा र सीता राना मगरले महत्वपूर्ण ८८ रनको साझेदारी गर्दा उच्च स्कोरको साझेदारी गर्ने  किर्तिमान बन्यो। यस अघि यि दुई खेलाडीले सन् २०१९ मा इन्डोनेसियाविरुद्ध ७० रनको साझेदारी गरेका थिए ।

नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार नेपाली बलर सामु निरिह हुँदा ११.५ ओभरमा २७ रनमा अलआउट भयो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३, कविता कुँवर र सीता राना मगरले २.२ र करुणा भण्डारीले १ विकेट लिए। नेपालले 

कतारसँगको टि-२० सिरिज सकेर नेपाली टोली महिला टि २० विश्वकपको एसियन छनौट खेलका लागि युएई प्रस्थान गर्नेछ। एसियन छनोटमा नेपालसँगै यूएई, मलेसिया, हङकङ, भुटान र कुवेतले प्रतिस्पर्धा गर्ने छन् ।