काठमाडौं। सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगल छनौट हुनका लागि प्ले अफ खेल्नुपर्ने भएको छ। पोर्चुगलको घरेलु मैदानमा आईतबार राति सम्पन्न खेलमा सर्बियासँग २-१ ले पराजित भएसँगै पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताका लागि सोझै छनौट हुन नसकेको हो।

छनौट चरणको समूह ए को अन्तिम खेलमा सर्बियाले पोर्चुगलमाथि २-१ गोल को पुनरागमन जित हात पार्‍यो। घरेलु मैदानमा फाइदा लिन नसकेको पोर्चुगलले खेलको दोस्रो मिनेटमै अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा छनौट छनौटका लागि प्ले अफ पर्खिनु पर्ने भएको हो। पोर्चुगलका लागि रेनाटो सान्चेजको गोलमार्फत दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। तर, सर्बियाका लागि ३३ औं मिनेटमा डुसान टाडिकले गोल गर्दै खेल बराबरी गरे भने ९०औं मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले निर्णायक गोलले पोर्चुगल स्तब्ध हुन पुग्यो र खेल २-१ ले सर्बियाले जितेर विश्वकपमा छनौट भयो।

समूह ए मा रहेको सर्बियाले ८ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा रहँदा पोर्चुगलको ८ खेलमा १७ अङ्क रहेको छ। विश्वकप छनौटका लागि अब पोर्चुगलले प्लेअफ खेल्नुपर्ने छ।