काठमाडौं । गीतकार दिपक बस्नेतको नयाँ गीत आमा सार्वजनिक भएको छ । वस्नेतले आफ्नै युट्युव च्यानलमार्फत आफ्नो नयाँ गीत सार्वजनिक गरेका हुन् ।
गरिबीको रेखामुनी औँलाइने हाम्रो देशमा परदेश प्रत्येक व्यक्तिको अन्तिम गन्तव्य भन्ने गरेको छ । लामो समयसम्मको राजनीतिक अस्थितरताले सिर्जना गरेको महँगी र विश्वले पलपलमा फेरिरहेको नयाँ स्वरुपले दिनप्रतिदिन खर्च बढाइरहेको अवस्थामा वर्षेनी लाखौँ युवाहरु अर्काको देश पलायन हुनु पर्ने अवस्था रहेको छ ।
अर्काको देशमा पुगेपछि नौ डाँडापारीको घर परिवार तथा देशको याद चिसो सिरेटोमा अपरिचित मान्छेको आदेश बमोजिमको परिश्रम साँच्चै कठीन परिस्थिति हो । नेपाल यस्तो देश हो जहाँ जति नै दुख पिडा या गरिबी होस् तर विभिन्न आफ्ना मौलिक चाडपर्वहरु भव्यताका साथ मनाइने गरिन्छ । यस्ता चाडपर्वहरु आउँदा हुने साथीसंगीहरुसँगको रमाइलो आदिको सम्झनाले पनि विदेशमा हुने परिश्रमि युवाहरुलाई झनै गलाइ रहेको हुन्छ ।
यस्तै परिभेषमा रहेर परदेशीहरुको मनको रागलाई गीतकार दीपक बस्नेतले गीतमार्फत प्रस्फुटन गरेका छन् । बस्नेतले उक्त गीतको संगीत आफै गरेका छन् । पछिल्लो समय एकपछि अर्को नयाँ गीत बजारमा ल्याइरहेका बस्नेतले दुई दर्जन भन्दा बढी गीत सिर्जना गरिसकेका छन् भने आधा दर्जन बढि गीतमा संगीत भरिसकेका छन् ।
गीतमा स्वर भने पत्रकार पेशाले पत्रकारिता गरिरहेका गायक कमल श्रेष्ठको रहेको छ । विगत १५ वर्षदेखि निरन्तर संगीतिक र सञ्चारक्षेत्रमा रहेर काम गरिरहेका श्रेष्ठका दुई दर्जनभन्दा बढी गीतहरु सार्वजनिक भएका छन् ।
गीतको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक प्रीयजन राईले गरेका छन् भने रविन दोङ्गको सह-निर्देशन र कन्सेप्टमा छायांकन भएको छ । त्यस्तै बाल कलाकार अशिशेष देवकोटाको सुन्दर अभिनयका साथसाथै प्रकेश बुढाथोकी र उदिप सिवाकोटीको अभिनय देख्न सकिन्छ भने अनिल कुमार महर्जनले दृष्य सम्पादन गरेका छन् ।