काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले पपुवान्यूगिनीसँगको दुई ओडिआईको पहिलो खेलमा जित हाल पारेको छ। जितसँगै नेपाल दुई ओडिआईमा १ खेलमा जित निकाल्दै अग्रता कायम राखेको छ।

नेपालले मङ्गलबार ओमानमा सम्पन्न खेलमा पपुवा न्युगिनी विरुद्ध २ विकेटको जित दर्ता गरेको हो। टस जितेर ब्याटिङ रोजेको पपुवा न्यूगिनीले नेपाललाई ३३ ओभरमा सबै विकेट गुमाउँदै १३५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफि व्याटिङ्‍मा नेपालले ३९ दमलब ३ ओभरमा ८ विकेट खर्चेर लक्ष्य भेटाउँदा जित दर्ता गरेको हो। 

पपुवा न्युगिनीलाई सस्तैमा समेट्न सन्दिप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए, कुशल मल्ल र विक्रम सोवले समान २-२ विकेट लिए। त्यस्तै व्याटिङ तर्फ शुरुवाती ओपनर आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई पहिलो विकेटका लागि ११.१ ओभरमा ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए पनि मध्यक्रमको व्याट्सम्यान चल्न सकेनन्,फलस्वरुप नेपाल एक समय ८२ रन बनाउँदा ७ विकेटको संकट अवस्थामा पुग्यो । तर, युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र सोमपाल कामीको संयमित ब्याटिङमा नेपाल खेलमा फर्कियो। रोहित कुमार पौडेलले ६५ बलमा २ चौका सहित सर्वाधिक ४१ रनको योगदान दिँदा, सोमपाल कामी ३२ बलमा १ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे। यी दुई व्याट्सम्यानले ५२ रनको महत्वपूर्ण साझेदारी गर्दा नेपालले ३९ दशमलव ३ ओभरमा लक्ष्य भेटायो हो। 

१० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिएका सन्दिप म्यान अफ दि म्याच घोषित भए। नेपालले पपुवा न्यूगिनीसँग दोस्रो ओडिआई खेल शुक्रबार खेल्ने छ।