सृजना रसाइली, रामेछाप। आज गोकुलगंगा गाउँपालिकामा थप ८१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

हिजोबाट सुरु भएको खोप अभियानमा ३७१ जना पुरुष र ४३९ जना महिलाले कोरोनाविरुद्धको भेरोसियल खोपको दोस्रो मात्रा लगाएका निमित्त प्रमुख प्रशासकिय अधिकृत जागिर राय यादवले जानकारी दिनुभयो । यसअघी फागुन २३ २४ र २५ गते कोभिसिल्ड खोपका पहिलो मात्रा लगाएका ५५ वर्ष उमेर समूहकाले बुधबार र आज दोस्रो डोज लगायका हुन् । हिजो  ९८६ जनाले खोप लगाएका थिए ।