काठमाडौं। पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २ हजार ६१३ र ४ हजार ९९९ एन्टिजेन परीक्षणमा ७ सय ९० जना गरी कुल ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन्। जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको जनाएको छ।