काठमाडौं। पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १५ हजार ४६२ जनामा गरिएको परीक्षणमा ति सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको हो। 

मन्त्रालयका अनुसार पिसिआर विधिबाट १० हजार ८०६ जनामा र एन्टिजेन विधिबाट ४ हजार ६५६ जनामा गरिएको परीक्षणमा क्रमश: २ हजार ४७३ जना र ७८७ जना गरी ३ हजार २६० जना सङ्क्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा २ हजार २९४ जना कोरोना सङ्क्रमित निको भएका छन्। 

त्यस्तै, पछिल्लो २४ घण्टामा ३२ जना सङ्क्रमितको कोरोना सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २१२ जना पुगेको छ।