न्यूयोर्क। २७ ‍औँ विश्व आदिवासी दिवस २०२१ को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) द्वारा फिप्ना कप भलिबल तथा फिप्ना कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।न्यूयोर्कको क्वीन्स व्रिज पार्कमा अगष्ट ७-८ सम्म सन्चालित प्रतियोगिता हालसम्मको सर्वाधिक ठूलो पुरस्कार राशी भएको आयोजकले जनाएको हो।

१४ टिम सहभागी भएको भलिबल खेलको उपाधी नेपस्टार डालस टेक्सास ले जितेको छ भने तमु गुरूङ सोसाइटी दोस्रो भएको छ । त्यस्तैगरी १८ टिम सहभागी फुटबलमा न्यूयोर्क फुटबल क्लब प्रथम भएको छ भने याक फुटबल क्लब दोस्रो भएको छ । विजेता खेलाडीहरूलाई क्रमश प्रथम पुरस्कार नगद ५ हजार डलर र दोस्रो ३ हजार डलर र कप, मेडल तथा प्रमाण पत्र हस्तान्तरण गरीएको छ ।

फिप्नाद्वारा आयोजित फिप्ना कप भलिबल र फुटबल २०२१ को संयोजक तथा व्यवस्थापनमा फुटबलतर्फ संयोजक सुमन थामेसुहाङ तथा सह संयोजकहरू -वाङला लामा, कुमार शेरचन, अजित गुरूङ, सेहाङ नेम्बाङ र बुद्वी गुरूङ रहेका थिए । त्यस्तै गरी भलिबल खेलको संयोजक याम पुन र सह संयोजकहरू क्रमश: हरी राना, जित गुरूङ, मन प्रसाद रोक्का, पासांङ लामा, ईन्द्र थापा, सुजल छन्त्याल, दिप ब रानामगर, विकास घर्तीमगर रहेको सचिवाल टिमले काम गरेका थिए।

दुई दिनसम्म सञ्चालन भएको फिप्ना कप २०२१ ले नेपाली अमेरीकन समुदायमा युवा तथा खेलकुदको माध्यम मार्फत नेपाली अमेरीकन पहिचान स्थापित गराउने अभियान रहेको आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरीकान अध्यक्ष लोक चेम्जोङले बताउनु भयो ।फिप्ना कप २०२१ लाई न्यूयोर्क राज्य सभा सदस्य मा. जेनिफ़र राजकुमार, नेपाली महावाणिज्य दुतावासका का.व महावाणिज्य दुत विष्णु प्रसाद गौतम, ब्रुक्लिङ बोरो प्रेसिडेण्ड एरिक एडम, एनआरएन अमेरीकका अध्यक्ष बुद्दी सुवेदी लगायत विभिन्न नेपाली अमेरीकन समुदायमा क्रियाशील संघ संस्थाका प्रमूख तथा प्रतिनिधिहरूले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

प्राविधिक टोली , स्वयंसेवक र खेलाडीहरूको उत्साहजनक सहभागीता र सहयोगले फिप्ना कप २०२१ खेल महोत्सवको रूपमा सम्पन्न भएको फिप्नाका महासचिव नरेन्द्र थापाले बताउनु भयो ।