काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपिओमा भोली साउन १४ गतेदेखि आवेदन दिन सकिने छ। कम्पनीले सर्वसाधारणका लागि साउन १४ गतेबाट आईपीओ निष्काशन गर्ने भएको हो।

भोलीबाट आवेदन दिन सकिने जलविद्युत कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयरको आईपीओ निष्काशन गर्न लागेको हो। तर, सर्वसाधारणले भने ६ लाख ८४ हजार ७४६ कित्ताका लागि आवेदन दिन सक्नेछन्। बाँकी ७ प्रतिशतमध्ये २ प्रतिशत कर्मचारीहरूलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएको छ।

सर्वसाधारणले साउन १४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन्। शेयर न्यूनतम १० कित्ताकादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

यस जलविद्युत कम्पनीको रेटिङ एनपि डि रहेको छ। जसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउँदछ।